राष्ट्रवादीले माइतीघरमा ढ्याङ्ग्रो ठटाउने

राष्ट्रवादीले माइतीघरमा ढ्याङ्ग्रो ठटाउने

राष्ट्रवादी केन्द्र नेपालले आज ढ्याङ्ग्रो र्र्याली निकाल्ने भएको छ । भारतको हेपाहा प्रवृत्ति र नेपाल सरकारको लाचारीपनको विरोधमा केन्द्रले ढ्याङ्ग्रो र्याली निकाल्न लागेको बताइएको छ । 

आज दिँउसो ४ बजेदेखि र्र्यालीसहितको सशक्त विरोध कार्यक्रम गरिने केन्द्रका संस्थापक सदस्य भुवन संग्रमले बताए । राजधानीको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्याली निकालिने उनले जानकारी दिए । 

नागरिकता विधेयक प्रमामीकरण, भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ नामक नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु समेटिएकोलगायत विषयमा विरोध कार्यक्रम राखिएको  बताइएको छ ।
 

टिप्पणीहरू