प्रधानमन्त्री प्रचण्डको स्वागतका लागि इन्दौरमा भव्य तयारी

प्रधानमन्त्री प्रचण्डको स्वागतका लागि इन्दौरमा भव्य तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको राजधानी नयाँ दिल्लीबाट मध्यप्रदेशको इन्दौर प्रस्थान गर्नुभएको छ । 

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री विशेष विमानमार्फत इन्दौर प्रस्थान गर्नुभएको हो । मध्यप्रदेश सरकारले इन्दौरमा प्रधानमन्त्री प्रचण्डको भव्य स्वागतको तयारी गरेको छ । 

उहाँको स्वागतका लागि रेड कार्पेट बिछ्याइएको छ भने साजसज्जा गरिएको छ । महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन तथा त्यहाँको फोहोर व्यवस्थापनबारे जानकारी लिनका लागि प्रधानमन्त्री प्रचण्डको भ्रमण पूर्वनिर्धारित हो । 

सो क्रममा मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ छगनभाइ पटेलसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता हुने जनाइएको छ ।


 

टिप्पणीहरू