मागेको एअर रुट, भारतले दियो झोलुङ्गे पुल

मागेको एअर रुट, भारतले दियो झोलुङ्गे पुल

भारतले नेपालले माग गर्दै आएको हवाई प्रवेश विन्दुमा अनिच्छा देखाएको छ । विदेशबाट नेपाल आउने अन्तर्राष्ट्रिय उडानका अधिकांश विमान सिमरामाथिको आकाश भएर नेपाल प्रवेश गर्नुपर्ने हुन्छ । 

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय र पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडानको निम्ति आउने विमानलाई पश्चिमको महेन्द्रनगर र भैरहवा नजिकैको विन्दुबाट नेपाल प्रवेश गर्न दिनुपर्ने मागमा भारतले अनिच्छा जनाएको हो । 

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज गर्नुभएको भारतीय समकक्षी नरेन्द्र मोदी र प्रतिनिधिमण्डलससँगको छलफलमा भारतीय पक्षले सुदूर पश्चिमको दुई स्थानमा दुई वटा झोलुङ्गे पुल बनाइदिने मौखिक जवाफ दिएको बताइएको छ । झुलाघाट र अर्को एक ठाउँमा झोलुङ्गे पुल बनाउने कुरो गरेर भारतीय अधिकारीहरु हवाई रुटबारे मौन बसेको छलफलमा सहभागी नेपाली अधिकारीहरुले जानकारी दिएका हुन् ।

टिप्पणीहरू