प्रधानमन्त्री जानुअगाडि ‘र’ प्रमुख दिल्ली प्रस्थान
भारतीय खुफिया एजेन्सी ‘र’ का नेपाल प्रमुख भर्खर नयाँ दिल्लीतर्फ लागेका छन् । प्रमुख राघवप्रसाद भट्नागर नेपाल वायुसेवाको उडान नम्बर आरए २०५ बाट बिहान साढे ८ बजे गएका हुन् । उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणसम्बन्धी रिपोर्टिङका लागि गएको स्रोतको भनाइ छ ।
यसअघि जनमत पार्टीका अध्यक्ष सीके राउत शनिबार बिहान एकाएक नयाँ दिल्ली गएर आइतबार राति फर्केका थिए । उनले भारतीय जनता दलका विदेश विभागप्रमुख विजय चौथाईवालेलगायतसँग भेट गरेको देखिन्छ ।
प्रधानमन्त्री प्रचण्ड भोलि चार दिने भारत भ्रमणमा जाने कार्यक्रम छ । पर्सि भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता,द्विपक्षीय सम्झौता आदानप्रदान गर्ने कार्यक्रम छ ।
त्यहाँका राष्ट्रपति,उपराष्ट्रपतिसँग भेट गरेपछि उहाँ मध्यप्रदेशको उज्जैन र इन्दौर जानु हुने छ । प्रधानमन्त्रीको शनिवार स्वदेश फर्कने तयारी छ ।
टिप्पणीहरू