प्रोत्साहन भत्ता खारेज, कर्मचारीलाई गाडीको सट्टा नगद

प्रोत्साहन भत्ता खारेज, कर्मचारीलाई गाडीको सट्टा नगद

सरकारले सबै प्रकारका प्रोत्साहन भत्ता खारेज गरेको छ । बजेट भाषणमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतले यसबारे जानकारी गराउनुभएको छ । 

अर्थमन्त्रीले सरकारी कर्मचारीलाई सवारी साधनको सट्टा एकमुष्ट नगद प्रदान गरिने बजेटमा व्यवस्था गरिएको पनि बताउनुभएको छ । सबै सार्वजनिक संस्थानमा नयाँ संरचना र दरवन्दी प्रस्ताव नगरिने पनि उहाँको भनाई छ ।

अर्थतन्त्र अप्ठेरो अवस्थामा रहेकाले अनावश्यक खर्च घटाउन सरकारले यस्तो व्यवस्था गरेको बताइएको छ । सरकारी पदाधिकारीलाई प्रदान गर्दै आएको इन्धनको व्यवस्था पनि खारेजी गरिएको अर्थमन्त्रीले घोषणा गर्नुभयो ।

टिप्पणीहरू