प्रधानमन्त्रीभन्दा पहिले सीके राउत नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्रीभन्दा पहिले सीके राउत नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी बुधबार भारतको चार दिने भ्रमणमा जान लाग्नुभएको छ । उहाँ गत पुसमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक विदेश भ्रमणमा निस्कन लाग्नुभएको हो । 

गत फागुनदेखि थालिएको भ्रमणको प्रयास र थालनी पाँच महिनापछि बल्ल सार्थक हुन लागेको छ । यसबीच चीनको बोआओ फोरममा सहभागी हुन प्राप्त निम्तोसमेत प्रधानमन्त्रीको भारतीय सम्भावित भ्रमणका कारण ओझेलमा परेको थियो ।

यसैवीच सरकारमा रहेको जनमत पार्टीका अध्यक्ष सीके राउत हिजो एकाएक नयाँ दिल्ली पुगेका छन् । हिजो बिहान नेपाल वायुसेवा निगमको उडानबाट गएका राउतले दिउँसोदेखि भेटघाट थालेका छन् । 

उनले सत्तारुढ दल भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग भेट गरेका छन् । ओशोको माला पहिरिएका राउतले होटलको लबीमा भेटघाटपछि चौथाईवालेलाई पशुपतिनाथको मन्दिर उपहार दिएका थिए ।

टिप्पणीहरू