अमरेशकुमार मध्यराति क्वालालम्पुर हुँदै कम्बोडियातिर
प्रतिनिधि सभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह कम्बोडिया गएका छन् । उनी हिजो राति मलेसियाको राजधानी क्वालालम्पुर हुँदै न्होमपेन्ह गएको बुझिएको छ ।
सिंह एमाले प्रमुख सचेतक पदम गिरीसँगै त्यता गएका हुन् । दुवै जना मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ११५ मा क्वालालम्पुर प्रस्थान गरेका थिए ।
गत महिना राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि कम्बोडिया जानुभएको थियो । उहाँ मलेसिया भएर जानुभयो र कोरिया हुँदै फर्कनुभयो ।
टिप्पणीहरू