राष्ट्रसंघ र सुरक्षा परिषद गफ गर्ने थलो :भारतीय प्रधानमन्त्री

राष्ट्रसंघ र सुरक्षा परिषद गफ गर्ने थलो :भारतीय प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको पुनर्संरचना हुनुपर्ने माग दोहोर्याएका छन् । जी ७ को बैठकमा सहभागी हुन जापानको हिरोशिमा पुगेका मोदीले अमेरिकालगायत विश्वकै धनी राष्ट्रका नेताहरुसमक्ष उक्त आग्रह गरेका हुन् ।

बैठकमा राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसको पनि सहभागिता रहेको छ । मोदीले राष्ट्र संघ पुनर्संरचनाको कुरो गरे पनि मुख्य चुरोचाहिँ  सुरक्षा परिषद्को विद्यमान पाँच सदस्य  संख्या बढाएर भारतलाईसमेत सहभागी गराउनुपर्ने भन्ने हो ।

मोदीले विश्वमा भइरहेको आतंकवादी क्रियाकलाप र युक्रेन लडाईंलगायत मुद्दाको प्रमुख कारण राष्ट्र संघको पुरानो संरचना भएकोतर्फ इंगित गरेका हुन् । उनले २१ औं शताब्दी अनुकूलको राष्ट्र संघ बनाइनुपर्नेमा जोड दिएको भारतीय समाचार संस्था इण्डिया न्युज नेटवर्कले जनाएको छ । 

उनले भनेका छन्, ‘राष्ट्र संघमा निर्धन मुलुकको आवाज मुखरित नभएसम्म विश्वबाट द्वन्द्व अन्त गर्न सकिँदैन । यस्तो अवस्थामा राष्ट्र संघ र सुरक्षा परिषद् दुवै कुरागर्ने थलो मात्रै भइरहने छन् ।’

टिप्पणीहरू