प्रधानमन्त्रीको वचनपछि नेपाल बन्द कार्यक्रम फिर्ता

प्रधानमन्त्रीको वचनपछि नेपाल बन्द कार्यक्रम फिर्ता

रेशम चौधरीकी श्रीमती तथा श्रममन्त्री रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले घोषित विरोध कार्यक्रम फिर्ता लिएको छ । जन्मकैद भुक्तान गरिरहेका चौधरीको रिहाईको माग गर्दै उक्त पार्टीले आजसम्म मशाल जुलुस र भोलिदेखि पाँच दिन नेपाल बन्दको कार्यक्रम राखेको थियो । 

तर आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार मागप्रति सकारात्मक रहेको उल्लेख गर्नुभएको कारण देखाउँदै बन्दका कार्यक्रम फिर्ता लिइएको जानकारी दिइएको छ । रत्नपार्कमा आयोजित कोण सभामा केन्द्रीय सदस्य गजेन्द्र चौधरीले उक्त जानकारी सार्वजनिक गरेका हुन् । 

तर, आज साँझ रत्नपार्कमा राँके जुलुस निकाल्न ठिक्क पारिएका नबालिएका मशाल प्रहरीले नियन्त्रणमा लिएको छ । निजी गाडीमा राखेर लगिएको उक्त मशाल नियन्त्रणमा लिएपछि उक्त पार्टीका समर्थकहरु तितरबितर भएका हुन् । 

चौधरीले सर्वोच्च अदालतमा यसअघिका जिल्ला र उच्च अदालतका फैसला पुनरावलोकनको निम्ति पुनरावेदन गरेका थिए । तर सर्वोच्चले ती दुई अदालतबाट भएका फैसला सदर गरेपछि उनको जेल बाहिर आउने सम्भावना सकिएको हो ।

टिप्पणीहरू