दुई दिन घेरेपछि पत्रकारहरुलाई तलब दिन साहुजीहरु सहमत

दुई दिन घेरेपछि पत्रकारहरुलाई तलब दिन साहुजीहरु सहमत

राजधानी दैनिकका पत्रकार तथा कर्मचारीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । आज बिहान चाबहिलस्थित राजधानी न्यूज पब्लिकेशनको केन्द्रीय कार्यालयमा बसेको बैठकले तलब भुक्तानी गर्ने सहमति जनाएपछि यसअघि घोषित सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जनाइएको छ ।

राजधानीका अध्यक्ष नन्दा शेरचनको अध्यक्षता र सञ्चालक आशिष शेरचनको उपस्थितिमा बसेको बैठकले आगामी सोमबारसम्म सम्पूर्ण कर्मचारी र पत्रकारहरुको गत चैतसम्मको तलब भुक्तानी गर्ने निर्णय गरेको छ ।  

त्यस्तै, अबदेखि पत्रकार तथा कर्मचारीको मासिक तलब नियमित रुपमा भुक्तानी गर्ने लिखित सहमति पनि भएको छ । पछिल्लो सात महिनादेखि तलब नदिएपछि राजधानीका श्रमजीवीहरुले अस्तिदेखि धर्ना थालेका हुन् । उनीहरुले पहिलो दिन कार्यालयको मूल ढोकामा र हिजो कुपण्डोलस्थित अध्यक्ष घर घेरेका थिए ।

टिप्पणीहरू