नेपाली र पाकिस्तानी महिला आरोही सगरमाथा शिखरमा

नेपाली र पाकिस्तानी महिला आरोही सगरमाथा शिखरमा

नेपाल र पाकिस्तानका दुई जना आरोहीले आज सगरमाथाको सफल आरोहण गरेका छन् । उनीहरु बिहान ८ः०२ बजे चुचुरोमा पुगेको बताइएको छ ।

यो वर्षको सगरमाथा आरोहण अभियानमा उनीहरु पहिलो पटक चुचुरोमा पुगेका हुन् । नेपाली आरोही पासाङतेम्बा शेर्पा र पाकिस्तानकी नैला कैनीले सगरमाथा आरोहण गरेको जानकारी दिइएको छ ।

नैला यो वर्ष सगरमाथा आरोहण गर्ने पहिलो महिला भएकी छन् । अहिलेको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका चार सय ६७ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

यसैबीच नेपाली र पाकिस्तानीको टोली चुचुरोमा पुगेको एक घण्टापछि अरु चार जनाले सगरमाथाको चुचुरोमा पाइला टेकेका छन् । एक जना अमेरिकी, एक जना हंगेरीका महिलासहित अरु दुई जना नेपाली पुरुष आरोहीले आज बिहान सफलतापूर्वक आरोहण गरेको जनाइएको छ ।

टिप्पणीहरू