राजधानीमा एक तिहाई चालकले लागुपदार्थ सेवन गरेको पुष्टि

राजधानीमा एक तिहाई चालकले लागुपदार्थ सेवन गरेको पुष्टि

लागुपदार्थ सेवन गरेर सवारी साधन चलाएका सात जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा पुगेका छन् । भक्तपुरको जगातिबाट ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरेर कार र मोटरसाइकल चलाएका उनीहरुलाई पक्रेको बताइएको छ ।

गुड फ्राइडे भन्दै शुक्रबार काठमाडौं उपत्यकाबाट बनेपा, धुलिखेल र उताबाट काठमाडौं आउँदै गरेका ती चालकलाई नियन्त्रणमा लिइएको हो । बा.१० च २४०४ नम्बरको कारका चालक रामेछापका २९ वर्षीय वेदबहादुर राउत, बा. १८ च ४०९६ नम्बरको कारका चालक भक्तपुरका २३ वर्षीय सुमित लासिवा र ना. १ ज ५४८३ नम्बरको ट्याक्सीका चालक ओखलढुुंङ्गाका २० वर्षीय पारस खड्कालाई लागुपदार्थ सेवन गरेर सवारी साधन हाँकेको अवस्थामा फेला पारिएको हो ।

त्यसैगरी बागमती प्रदेश–०२–००६ प २१२६ नम्बरका मोटरसाइकल चालक सिन्धुपाल्चोकका १९ वर्षीय सुमन काफ्ले, बा. ९९ प ७०९९ नम्बरको मोटरसाइकल चालक काभ्रेका २१ वर्षीय राजकुमार भन्ने सुदिप खड्का, प्रदेश १–०१–०१३ प ४०५० नम्बरको मोटरसाइकलका चालक सुनसरीका २४ वर्षीय शिशिर तामाङ र बा. ७६ प ५६९५ नम्बरको स्कुटरका चालक भक्तपुरका २९ वर्षीय सन्तोष खड्का पनि प्रहरी नियन्त्रणमा पुगेका छन् ।
 
भक्तपुरमा शुक्रबार २० ओटा सवारी साधनका चालकलाई चेक गर्दा सात जना भने लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेको बताइन्छ । काठमाडौँ उपत्यकामा हाल दैनिक तीन हजारभन्दा बढी चालक ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाहीमा पर्दै आएका छन् ।

टिप्पणीहरू