गोकुल बाँस्कोटा, महेश बस्नेतलगायतलाई अध्यक्ष ओलीको चेतावनी : बढी जान्ने नहुनु

गोकुल बाँस्कोटा, महेश बस्नेतलगायतलाई अध्यक्ष ओलीको चेतावनी : बढी जान्ने नहुनु

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता–कार्यकर्ताहरूलाई आफूखुशी संघीयताविरोधी धारणा नराख्न चेतावनी दिनुभएको छ ।

केन्द्रीय कमिटी बैठक चलिरहेको बेलामा संघीयताविरुद्ध मिडियाबाजी गरेर पार्टी शीर्ष नेतृत्वभन्दा ‘धेरै जान्ने’ नबन्नसमेत उहाँले केही नेतालाई चेतावनीपूर्ण आग्रह गर्नुभएको छ ।

‘मिडिया प्रचारमा रमाउँदै नहिँडौं । संघीयताविरोधी धारणा राख्नुपर्ने कुनै कारण छैन । समाचार बनाइदिन्छन्, भाइरल भइन्छ भन्दैमा जेपनि बोल्दै हिँड्ने ?’ अध्यक्ष ओलीले भन्नुभयो ।

बैठक चलिरहेका बेला युवा नेताहरु गोकुल बाँस्कोटा, महेश बस्नेत, निरु पाल र ऐन महरले ‘प्रदेश संरचना खारेज’ को विषयलाई मास–मिडियामा जोडतोडले उठाएपछि उहाँको चेतावनी आएको हो ।

अध्यक्ष ओलीले पार्टीको निर्णयविपरित आफूखुशी बोल्दै नहिँड्न दिनुभएको चेतावनीसँगै भन्नुभयो, ‘घोडाभन्दा बग्गी अघि भए घोडा दौडिन सक्दैन । त्यसैले घोडाअघि बग्गी पछाडि हुनुपर्छ ।’

टिप्पणीहरू