प्रेस काउन्सिललाई कर्मचारी चाहियो

प्रेस काउन्सिललाई कर्मचारी चाहियो

प्रेस काउन्सिल नेपालले स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । 

आज सूचना प्रकाशित गर्दै काउन्सिलले अधिकृत प्रशासन (छैठौं) सहित १२ जनाका लागि आवेदन आह्वान गरेको हो । 

काउन्सिलका अनुसार अधिकृत (प्रशासन) छैठौंमा खुला र महिला गरी तीन जना, अधिकृत (लेखा) मा महिला एक जना, सहायकस्तर पाँचौं (प्रशासन) मा खुला, महिला र आदिवासी जनजाति गरी चार जना र सहायकस्तर चौथोंमा पनि खुला, महिला र आदिवासी जनजाति गरी चार जना मागिएको हो । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी जेष्ठ १८ गतेसम्म आवेदन दिन सक्नेछन् । साथै, दोब्बर दस्तुर तिरेर जेष्ठ २५ गतसम्म दरखास्त दिन सकिने पनि काउन्सिलले जनाएको छ ।

टिप्पणीहरू