टोपबहादुरको घरमा प्रहरीको छापा

टोपबहादुरको घरमा प्रहरीको छापा

नक्कली शरणार्थी खडा गरेर करोडौँ कुम्ल्याएको अभियोगमा पक्राउ पुर्जी जारी भएपछि भागेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा आज दिउँसो खानतलासी गरेको हो । परिसरका प्रवक्ता सीताराम रिजालले मुद्दा शाखाले खानतलासी गरेको हुनसक्ने जानकारी दिए ।

सर्वसाधारण नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौँ ठगी गरेको यस प्रकरणमा रायमाझीविरुद्ध गत बुधबार पक्राउ पुर्जी जारी भएलगत्तै फरार रहेका उनी अहिलेसम्म पक्राउ परेका छैनन् । 

नेपाली कांग्रेस र एमालेका प्रभावशाली नेताहरु संलग्न रहेको भनिएको यस प्रकरणमा रायमाझीका छोरा सन्दीप भने अहिले हिरासतमै छन् । उनीमाथि अनुसन्धान चलिरहेको छ ।

टिप्पणीहरू