टोपबहादुरलाई केपी ओलीको झड्केलो छोरो भनेपछि राष्ट्रिय सभामा बबाल

टोपबहादुरलाई केपी ओलीको झड्केलो छोरो भनेपछि राष्ट्रिय सभामा बबाल

नेकपा एमालेका सांसदले राष्ट्रिय सभाको आजको बैठकको प्रारम्भमा आपत्ति जनाएको छ । काँग्रेसको राष्ट्रिय सभा दलकानेता रमेशजंग रायमाझीले हिजोको बैठकमा एमाले सचिव टोपबहादुर रायमाझीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीको झड्केलो छोरो भनेपछि आजको बैठकमा बबाल मच्चिएको हो ।

रायमाझीको उक्त अभिव्यक्तिलाई लिएर एमालेका सांसदहरुले नियमापत्ति जनाएका हुन् । सदस्य भैरवसुन्दर श्रेष्ठले रायमाझीको उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन माग गरेका छन् । 

उनले हिजो नियमापत्ति जनाउने सोचिएको तर पहिलो दिनको बैठक भएकाले नगरेको बताए । उनले भने, ‘पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमाले पार्टी सचिव टोपबहादुर रायमाझीलाई अध्यक्षको झड्केलो छोरो भन्नुभएको छ, यो शब्दप्रति हाम्रो नियमापत्ति छ ।’

टिप्पणीहरू