यो वर्षको पेरिस परेडमा भारतीय प्रधानमन्त्री प्रमुख अतिथि

यो वर्षको पेरिस परेडमा भारतीय प्रधानमन्त्री प्रमुख अतिथि

फ्रान्सले यो वर्षको बास्टिल्ले दिवसको प्रमुख अतिथिमा भारतीय प्रधानमन्त्रीलाई निम्तो दिएको छ । राजधानी पेरिसमा आयोजना हुने सैनिक परेडमा प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि बन्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । 

फ्रेञ्च राष्ट्रपति इमानुएल म्याक्रोनको निमन्त्रणामा प्रधानमन्त्री मोदी आगामी जुलाई १४ तारिखका दिन पेरिसमा आयोजना हुने विशेष कार्यक्रमको प्रमुख अतिथि बन्ने पक्का भएको हो । बास्टिल्ले डेलाई फ्रेञ्च क्रान्तिको वार्षिकोत्सवको रुपमा मनाइन्छ । 

जुलाई १४ का दिन फ्रान्सको राष्ट्रिय दिवस पनि हो ।

टिप्पणीहरू