अमेरिकीपछि भारतीय राजदूत लुक्लामा

अमेरिकीपछि भारतीय राजदूत लुक्लामा

नेपालका लागि भारतीय राजदूत सोलुखुम्बुको लुक्ला पुग्नुभएको छ । राजदूत नवीन श्रीवास्तव आज मध्यान्ह त्यसतर्फ जानुभएको बताइएको छ । उहाँ मध्यान्ह १२ बजे काठमाडौंबाट कैलाश एअरको होलिकप्टरमा लुक्ला जानुभएको हो । 

यसअघि गत सोमबार अमेरिकी राजदूत डिन आर थम्पसन त्यता जानुभएको थियो । उहाँ सिम्रिक एअरको हेलिकप्टरमा पाँच जनाको टोलीसहित लुक्ला पुगेर सगरमाथा आरोहण नेपाली–अमेरिकी टोलीलाई मैत्री झण्डा हस्तान्तरण गर्नुभएको थियो ।

टिप्पणीहरू