आविष्कार केन्द्रलाई कवाडी भन्नेलाई महावीरको मुखभरीको जवाफ, ‘आफैं आएर हेर्नुहोस्’

आविष्कार केन्द्रलाई कवाडी भन्नेलाई महावीरको मुखभरीको जवाफ, ‘आफैं आएर हेर्नुहोस्’

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आविष्कार केन्द्रलाई ‘कबाडी केन्द्र’ भन्नेहरुलाई चूनौती दिएका छन् । 

आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले अझै पनि राष्ट्रिय आविष्कार केन्द्रलाई कबाडी केन्द्र भन्ने गरेको भन्दै केन्द्रले नवउद्यमी उत्पादन गरिरहेको दाबी गरेका छन् । 

‘अझैपनि राष्ट्रिय आविष्कार केन्द्रलाई मर्मत केन्द्र र कबाडी केन्द्र भन्नेलाई जानकारी । विश्वास लाग्दैन भने आफैं आविष्कार केन्द्रमा आएर आफैंले हेर्नुहोस्,’ महावीरले भनेका छन्, ‘आविष्कार केन्द्रमा आएर अनुसन्धान गरेका दुई जनाले पेटेन्ट पाइसके र अरु दुई जनाले निवेदन दिएका छन् ।’

त्यस्तै, आजसम्म ६ जना नवउद्यमी बन्दा चार समूह नवउद्यमी बन्ने प्रक्रियामा रहेको उल्लेख गर्दै उनले अहिले नियमित ७२ जना आविष्कार केन्द्रमा रहेको बताएका छन् । महावीरले केन्द्रमा जुन सुकै क्षेत्रमा पनि अनुसन्धान गर्न सकिने जानकारी दिदैँ अनुसन्धान गर्नेहरुलाई सबै सामान निःशुल्क रुपमा उपलब्ध गराइरहेको जनाएका छन् । 

‘म उद्यमी बन्ने होइन । धेरैभन्दा धेरै भाई बहिनीलाई सकेसम्म उद्यमी बनाउने हो । यहाँ राम्रो आइडिया लिएर आई अनुसन्धान गर्नेहरुले सबै सामानहरु निःशुल्क पाउँछन् । खान, बस्न पाउँछन्,’ उनले भनेका छन् ।

टिप्पणीहरू