भारतमा उपचारपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

भारतमा उपचारपछि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति पौडेल भेट्न प्रधानमन्त्री दाहाल मध्यान्ह साढे १२ बजे शीतल निवास पुग्नुभएको थियो । 

उहाँहरुबीच दिउँसो १ बजेसम्म कुराकानी भएको बताइन्छ । राष्ट्रपति भारतको राजधानी नयाँ दिल्लीमा उपचार गरेर फर्केपछि पहिलो पटक प्रधानमन्त्री शीतल निवास जानुभएको हो ।

टिप्पणीहरू