चीनमा झन् लोकप्रिय हुँदै ‘डान्सस्पोर्ट’

चीनमा झन् लोकप्रिय हुँदै ‘डान्सस्पोर्ट’

चर्चित नृत्य प्रतियोगिता ‘चाइना डान्सस्पोर्ट ग्राण्ड प्रिक्स’ सम्पन्न भएको छ । मध्य चीनको चङ्चौ शहरमा मे १ र २ का दिन उक्त प्रतियोगिता भएको हो । 

चीनमा यो प्रतियोगिता निकै लोकप्रिय रहेको चिनियाँ समाचार मिति सिन्ह्वाले जनाएको छ । प्रतियोगितामा नृत्यसँगै आधुनिक प्रविधिकोसमेत निकै आकर्षक ढंगले प्रदर्शन गरिन्छ । 

प्रतियोगितामा धेरै किसिमका नृत्य देखाइएको थियो । थरिथरिका पहिरनमा सजिएका प्रतियोगीहरु नृत्य पारखीहरुको निम्ति आकर्षणको अर्को केन्द्र बनेका हुन् । 

स्रोत : सिन्ह्वा 

टिप्पणीहरू