प्रधानमन्त्री जिरीबाट फर्कनुभयो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोलखाको जिरी पुगेर राजधानी फर्कनुभएको छ । उहाँ आज बिहान सेनाको हेलिकप्टरमा त्यसतर्फ जानुभएको थियो ।
उहाँ जिरीमा रहेको ङग्युर येश्ये ख्युङजोङलिङ गुम्बाको उद्घाटन गरेर राजधानी फर्कनुभएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बिहान सेनाको हेलिकप्टर ९ एन आरएएमबाट जिरी जानुभएको थियो ।
सोही हेलिकप्टरमा दिउँसो साढे १ बजे उहाँ बालुवाटारमा अवतरण गर्नुभएको बताइएको छ ।

टिप्पणीहरू