कोरोनाका ८ जना बिरामी आईसीयुमा

कोरोनाका ८ जना बिरामी आईसीयुमा

पछिल्लो २४ घण्टामा देशभर १०३ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ सय २५ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन् । 

आज थपिएका सहित हाल सक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको छ । तीमध्ये एक जना भेन्टिलेटर, ८ जना आईसीयु र २६ जना आईसोलेसनमा छन् । 

आज ५३ जना निको भएको मन्त्रालयले जनाएको छ ।
 

टिप्पणीहरू