शालिकरामको भूत फेरी लगाउँदै चितवनमा

शालिकरामको भूत फेरी लगाउँदै चितवनमा

‘रवि लामिछाने तिमीलाई एक दिन पाप लाग्छ, तिमी जस्तो अधर्मी यो देशमा कोही छैन । दुनियाँलाई थर्काएर उल्लु बनाएका छौ । कतिसम्मको करोडौं घुस लिएका छौ । मलाई भनिस् भने मारिदिन्छु भन्थ्यौ । रवि लामिछाने तिमीलाई एकदिन पोल्नेछ त्यो पैसाले । याद गर ¤ यति पोल्छ नि रवि ¤ यति पोल्छ ¤ मलाई महिनाको ५० हजार दिएर तिमी करोडौं कमाउँथ्यौं । तिमी जस्तो भ्रष्ट । अरुको प्रगति देख्न नसक्ने मान्छे यो देशमा कोही छैन । रविका अन्धभक्तहरु केहीले भन्लान् रवि राम्रो हो । तर रविको असली रुप देख्नलाई अझै केही वर्ष लाग्छ ।’  

त्यो दुःखी आत्मा अहिले कहाँ भड्किरहेको होला ? पक्कै चितवनमै होला ¤ चिन्नु पनि भयो होला ¤ जसरी यतिबेला रवि लामिछाने जनतालाई फेरि उल्लु बनाएर चुनाव जित्न चितवनमा अनेक ढाेंग रच्दैछन् । उनको सर्वनासको कामना गर्दै त्यो मृतात्मा अहिले चितवनमै फेरि लगाइरहेको हुनुपर्छ । देवभूमि चितवनमा यहाँका नारीशक्ति र सिद्धपुरुषहरुसित पापी रविको पराजयको कामना गरिरहेको होला ।

नुवाकोट घर भई काठमाडौंमा टिभी जर्नालिज्म गर्ने शालिकराम पुडासैनीले आजभन्दा झन्डै चार वर्षअगाडि चितवनमै आएर मोबाइलमा विवशता कैद गर्दै एउटा होटलको कोठाभित्र आफूलाई सिध्याएका थिए । कुनैदिन लामिछानेकै सहकर्मी थिए उनी, न्युज ट्वान्टीफोरमै काम गर्थे । बिहे गर्ने रहरले प्रेममा परेको युवक बैंशालु उमेरमै किन मर्नुपर्यो ? टिभी पत्रकारितामा क्षमता पनि भएका युवा पत्रकार रवि लामिछानेहरुको आँखाको तारो बनेर जीवन त्याग्न बाध्य भएको घटनालाई यत्तिकै बिर्सन पनि मिल्दैन । त्यो भड्केको आत्माले शान्ति पाउन जरुरी छ । 

शालिकराम पुडासैनी पहिले न्युज ट्वान्टी फोरमै काम गर्थे । तर त्यहाँ काम गर्ने वातावरण नभएपछि डेढ वर्षमै छाडेर माउन्टेन टिभीमा गए । रविको सीधा कुरा जनतासँग भने जस्तै समानान्तर मिसन न्युज उनले माउन्टेनमा चलाउन थाले । यसले रविहरुलाई औडाहा भएको त्यतिबेलाका निकटस्थहरु अहिले पनि बताउँछन् । यसैबीच अस्मिता भन्ने रुकु कार्की पनि रविहरुको समूहमा जोडिन पुगिन् । रुकुले खासमा न्युज ट्वान्टी फोरको गु्रपलाई आफ्नो सहयोगका निम्ति शालिकरामको कमजोरी बताएपछि रविहरुले शालिकरामलाई विभिन्न धाकधम्कीसहितको ब्ल्याकमेल गर्न थालेको बुझिन्छ । यतिसम्म तनाव कि डिप्रेसनमै पुर्यााएर यो दुनियाँमा सजिलोसँग बाँच्न दिएनन् । पछिल्लो समय रविको कमजोरी त रुकु नै थिइन् ।

मर्नुअगाडि मर्नुपर्नाको कारण खुलाई मोबाइलमा रेकर्ड गरेको भिडियोमा थप भनिएको छ, ‘न्युज २४ छोड्नुपर्छ भन्ने मनस्थितिमा पुगेपछि अष्ट्रेलिया जाने एउटी केटी मिलाइदिन्छु भनी युवराज कँडेलले मलाई अस्मिता कार्कीसित जोडदियो । पछिल्लो समय हेप्न थाल्यो । अत्यधिक अपशब्द बोल्न थालेपछि म टाढिँदै गए, त्यसपछि मैले न्युज २४ छोड्ने डिसिजन गरें र माउन्टेनमा जोइन भएँ । माउन्टेनमा जोइन हुनेबित्तिकै मलाई युवराज कँडेलले तँ अब फसिस् भने । नभन्दै युवराज समेतको प्लानिङ बनेको रहेछ । मलाई फसाउँदैछन् भनी मैले सबैतिरबाट थाहा पाएँ । सबै साथीहरुले तलाईं फसाउँदैछन्, के गर्छस् अब ? भनेर प्रश्न गर्न थाले । त्यसपछि मैले यो डिसिजन लिएँ, मलाई माफ गर्देऊ सम्झना ¤ रवि लामिछाने, युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्की यी तीन्टा मेन अपराधी हुन् । यिनीहरुको कहिल्यै राम्रो नहोस् । जेल परेनन् भनेपनि खान नपाई भोकभोकै मरुन्, यी अपराधी हुन् ..।’ 

आपसी सहमतीय व्यवहारलाई आपराधिक कार्य गरेको भन्ने झुठो आरोप लगाई फसाउने र बर्बाद गर्ने दुर्नियतले षड्यन्त्र गरी टेलिभिजन कार्यक्रम प्रसारण गर्न लागेको भनी दिएको दबाबबाट आफू भयभित र त्रसित भई आत्महत्या गर्नुपरेको मृतकको कथनको आरोप छ । यो कुरा अदालतमै रहेको कागजमा भनिएको छ ।

शालिकरामको मोबाइलमा भेटिएको घटनासँग सम्बन्धित भिडियो उक्त मोबाइलबाटै खिचिएको हो । ५ अगस्त २०१९ १५ः५४ः११ मा पहिलो भिडियो खिचेको देखिन्छ–४ मीनेट ५५ सेकेन्डको । दोस्रो भिडियो १६ः०१ः१७ मा खिचिएको ८ मीनेट २७ सेकेन्डको छ । भिडियो रेकर्ड गरेपछि उनले पनि श्रीमतीसँग कुराकानी गरेको देखिन्छ । ४ बजेतिर पूजा प्रमिला शर्मा भुसाल नामकी साथीलाई पनि कल गर्न खोजेको तर रिसिभ नभएको देखिन्छ । त्यो दिन अस्मितासँग पनि सम्पर्कको कोशिस गरेका थिए । 

आत्महत्या दुरुत्साहन मुद्दा दर्ता पनि भएको थियो । प्रहरीले रवि लामिछाने, युवराज र रुकु भन्ने अस्मिता कार्की तीनै जनालाई पक्राउ गरी अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गरेपछि फैसला हुने बेलामा न्याय प्रभावित भइदिएको हो । आत्महत्या गर्न दुरुत्साहनको मुद्दा नं. ०७६–०१–००४७ मा निर्णय नं. १४७ ले रवि र युवराजलाई तत्काल धरौटीमा छाड्ने फैसला गरिदियो भने रुकु भन्ने अस्मितासँग त धरौटी नै लिइएन ।

त्यतिबेला घटनाको यथार्थ बुझ्दै नबुझी चितवनमा भीडले रविलाई त्यसै अन्धभक्त भएर काँधमा चढाउँदा न्याय प्रभावित भएको प्रस्ट छ । ‘नत्र यतिबेला रवि जेलमै हुने थिए । यो मुद्दामा ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । अरु कोही साधारण मान्छे हुन्थ्यो भने उतिबेलै थुनिएर काराबासमा यतिबेला पूरा सजाय काटिरहेका हुन्थे । शालिकरामका दाइ बासुप्रसाद पुडासैनी र श्रीमती सम्झना घिमिरेको तर्फबाट अड्डामा जाहेरी दरखास्त दिइएको थियो । 

आत्महत्या गर्नुभन्दा डेढ महिना पहिले शालिकरामले दाइ बासुलाई फोन गरेर न्युज ट्वान्टी फोर छोडेर माउन्टेन टिभीमा काम गर्छु भनेका रहेछन् । घटना हुनुभन्दा २–३ दिनअघि भाइले भेट्न खोज्दा व्यस्तताले मिलेनछ । न्युज ट्वान्टीफोरमा रवि लामिछानेको समूह ठीक छैन भनेर त शालिकरामले अरु आफन्तहरुलाई पनि पहिल्यै भनिसकेका रहेछन् । ‘मलाई धेरै श्रममा लगाउँछन् । पैसा जति आफूमात्र राख्छन्’ भन्दै रविको समूहले आफूमाथि हातपात समेत गरेको र उपेक्षा गर्ने गरेकोले त्यहाँ काम गर्न मनासिब नलागेर माउन्टेन टिभीमा गएको कुरा शालिकरामले साँढुभाइ रामप्रसाद रिजाललाई भनिसकेका थिए । ‘त्यसैले रविहरुले नै जालझेल र प्रपञ्च गरी आत्महत्या गर्न दुरुत्साहन गरेको देखिन्छ’, रामप्रसादले बयानमा भनेका छन् । 

सीधा कुरा जस्तै माउन्टेन टिभीमा गएर आफैंले मिसन न्युज भन्ने सामानान्तर कार्यक्रम चलाउन थालेका थिए । त्यसले पनि रविको टिमलाई पोल्न थालेको थियो भन्ने जानकारहरु बताउँछन् । ससुराले पनि ‘न्युज ट्वान्टी फोर किन छोडेको ?’ भनेर सोध्दा रविहरुकै पेलानको पीडा सुनाएको बताइएको छ । ‘ज्वाइँले मानसिक यातनाबारे बताउने गरेका थिए’, शालिकरामका ससुरा जनककुमार घिमिरेले बयानमा ठोकुवा गर्दै भनेका छन्, ‘प्रतिवादीहरुले जालझेल गरी मर्नुपर्ने परिस्थिति सिर्जना गरेका हुन् । भिडियोमा समेत सोही व्यहोरा समर्थन हुनेगरी बताएका हुँदा प्रतिवादीहरुले नै आत्महत्या दुरुत्साहन गरेको देखिन्छ ।’ 

’डिप्रेसनमै पुर्याए’, शालिकराम पत्नी सम्झना भन्छिन्, ‘टिचिङ हस्पिटलमा गएर आइतबार बिहानैदेखि औषधि सेवन गर्न सुरु गर्नुभयो । सोमबार यस्तो घटना भयो । बताइएअनुसार माउन्टेन टेलिभिजनको क्यामरा मेनलाई सम्झनाले नै फोन गरी शालिकराम चितवन जान लागेको जनाउँदै मोटरसाइकल लैजान भनेकी रहिछन् । माउन्टेन टिभीका प्रबन्ध निर्देशक विप्लव पोख्रेल भन्छन्, ‘वारदातको अघिल्लो दिन साउन १९ गते पनि शालिकराम अफिसमा कार्यक्रमको रेकर्डिङ गरी गएका थिए । चिन्तित देखिन्थे । दुई–तीन दिनअघि सहकर्मी स्टाफहरुलाई बिरामी भएको बताउँदै खाइरहेको दबाइसमेत देखाएका रहेछन् ।’ टिभीमा काम गर्दा बस्दा रहँदा शालिकरामले राम्रैसँग काम गरेको माउन्टेन टिभीका प्रबन्ध निर्देशक बताउँछन् ।

रुकुकी साथी २१ वर्षीया रीता केसी भन्छिन्, ‘आत्महत्याको घटनाभन्दा ३/४ दिन अघि शालिकराम विवाहित छ, मलाई झुक्यायो भनेर रुकुले सुनाउँदै थिई’, उनले थप भनिन्, ‘पुडासैनी पनि अब म अस्मितालाई छोड्छु भन्दै थिए । भेट्न आउँछु पनि भनेका थिए तर त्यसपछि सम्पर्क भएन ।’ रवि लामिछानेहरुले गर्लफ्रेन्डलाई उचालेर फसाउन खोजेका छन् भनी घटनाको दिन बिहान शालिकरामले आफ्नी साथी पूजा भन्ने प्रमिला शर्मा भुसाललाई पनि भनेको बयानमा आएको छ ।

रुकु र शालिकरामको चिनजान एक वर्षअघि फेसबुकमार्फत् भएको थियो । बिस्तारै प्रेमसम्बन्धमा जोडिन पुगे । रुकुकै बयान अनुसार घरमा श्रीमती छ भन्ने थाहा पाएपछि उनले शालिकरामलाई छोड्न चाहिन् । तर शालिकरामले पिछा छोड्न सकेनन् । विवाह नै गर्न चाहेका रहेछन् । पागलप्रेमी झैं नपाए मर्छु पनि भन्थे रे ¤ अति भएपछि शालिकराम पहिले काम गर्ने न्युज ट्वान्टी फोरको यिनै रविहरुको गु्रपलाई भन्न गएछन् । क्यामेरामेन अनिल ढुंगेललाई भेटेर म्यासेजको स्क्रिन सर्ट पनि पठाइदिएछन् । रविहरुको गिरोहले त्यसलाई शालिकराम सिध्याउने अस्त्र बनाएको घटनाक्रमले देखाउँछ ।

तर उनीहरुले आत्महत्या दुरुत्साहन गरेको हुँदै होइन भनी इन्कारी बयान दिएका छन् । २÷३ दिन अघि प्रेमिकासँग सम्बन्ध बिग्रेको कुरा अनिल ढुंगेलले सुनाएको युवराजको कथन छ । शालिकरामले ल्याएको सूचना समाचार युवराजले छाँटकाँट गर्थें । समाचार टिपोटलाई कहिलेकाहीँ निकाल्ने र थप्ने हुन्थ्यो । युवराजसँग सिनियर जुनियरको विवाद रहन्थ्यो । डेढ महिनाअघि माउन्टेन टिभीमा तलब राम्रो पाएर न्युज ट्वान्टी फोर छोडी गएको भनी आफूले रविबाट सुनेको पनि युवराजले बयान कागजमा भनेका छन् । 

यता, शालिकरामले पाउने सेवा सुविधाबारे आपूmलाई थाहा नभएको रविले बताएका छन् । आत्महत्याको घटना भएको २० गते चाहिँ आफ्नो कार्यक्रम नभएर चाँडै सुतेको रविको भनाइ छ । बिहान उठेर मोबाइल हेर्दा म्यासेजबाट बल्ल शालिकरामको मृत्यु भएको थाहा पाएको रविले बताएका छन् । युवराजले पनि शालिकराम झुण्डिएर मरेको खबर अरुबाटै सुनेको भनेका छन् । 

सीधा कुरा जनतासँग कार्यक्रमका प्रोड्युसर दिपक बोहोराले २० गते युवराज कँडेलले फोन गरेर शालिकरामको आत्महत्याबारे जानकारी गराएपछि थाहा पाएको बयानमा भनेका छन् । घटनापछि अस्मितालाई भेट्न रवि, अनिल र उनी ग्रिनसिटी हस्पिटल गएको तर भेट नभएको पनि खोलेका छन् । शालिकराम मृत्युपछि सबैलाई जानकारी मनासयले स्क्रिन सर्ट फेसबुकमा पोष्ट गरेको बोहोराको भनाइ छ ।
 
तर रुकुले आफूमाथिको अभियोग इन्कार गरेकी भएपनि शालिकरामको आत्महत्या रविहरुकै कारण भएको औंल्याएकी छिन् । शालिकरामले पिछा नछोडेको भन्दै न्युज ट्वान्टी फोरको गु्रपसित अस्मिताले सहयोग मागेपछि ‘न्युज ट्वान्टी फोरको अफिस देखिने गरी आफ्नो फोटो खिचेर शालिकरामलाई पठाउन’ भनिएछ । अस्मिता उर्फ रुकुले त्यसै गरिछन् । 

जब शालिकरामले आत्महत्या गरे । साउन २० गते राति साढे १२ बजे फोन गरेर रविहरुको समूहले फोन गरेर शालिकरामसँगको म्यासेजहरु डिलिट नगर्न भन्न भ्याए । तर शालिकरामको मृत्युबारे भने अस्मिताले भोलिपल्ट २१ गते बिहान ड्युटीमा थाहा पाएको बताएकी छिन् ??? शालिकराम मरेपछि उनीहरुले पाँच मिनेटको भएपनि भिडियो बनाउन भनेकोसमेत अस्मिताले बयानमा खुलाएकी छिन् । यसका लागि उनीहरुले भेट्नसमेत खोज्दै आएको तर आफूले नभेटेको उनले बताएकी छिन् । ‘मैले आत्महत्या गर्न बाध्य पार्ने कुनै कार्य गरेको छैन । मैले स्क्रिन सर्ट दिएको हुँ ढुंगेललाई । म्यासेज र कुराकानी शेयर गरेको हुँ । उनीहरु मिलेर शालिकरामलाई हतोत्साही बनाउने उद्देश्यले केही कुरा भनेको वा केही कार्य गरेको हुनुपर्छ ।’ अधिकार प्राप्त अधिकारी समक्ष अस्मिता (रुकु) को बयान छ । बुझिएअनुसार अस्मितालाई स्मृति हस्पिटलमा शालिकरामले नै काममा लगाइदिएका थिए । त्यतिबेला श्रीमती भनेर आफूले पनि झुठो नाता देखाएरै उनले शालिकरामको बलमा जागिर खाएकी रहिछन् ।

घटनाको दिन साढे ३ बजे होटलमा आएका शालिकरामलाई आफूले नै २०२ नम्बरको कोठा खोली दिएको बताउँदै कंगारु होटलमा काम गर्ने २४ वर्षीय महादेव खत्रीले भनेका छन्, ‘६ बजेबाट खानाको अर्डर लिन ढोका ढक्ढक्याउँदा साढे आठ–नौ बज्दासम्म नखोलेपछि स्थानीय छरछिमेकी र प्रहरी बोलाएर ढोका फोडी हेर्दा सिलिङ फ्यानमा नाइलनको डोरीको पासो लगाई झुन्डिई मरेको अवस्थामा थिए शालिकराम ।’ होटल सञ्चालक यज्ञ बहादुर कार्की घटना के कसरी भयो ? आफूलाई थाहा नभएको बताउँछन् । शालिकरामले पोखरा बसपार्कस्थित श्रेष्ठ ब्रदर्श पसलमा योगेन्द्रबहादुर सूर्यवंशीसँग नाइलनको डोरी किनेर लगेको पाइयो ।

वैमनस्यता उत्पन्न भएकै कारण न्युज २४ छोडेको मान्छे(शालिकराम)लाई उनीहरु (रविहरु) ले मानसिक रुपमा विक्षिप्त हुनेगरी गोप्य म्यासेज सार्वजनिक गरिदिने धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको नुवाकोटकै शालिकरामको चिनजानका गोकर्णनाथ न्यौपाने समेत भन्छन् । ‘७/८ दिनअघि चिया पसलमा भेटिँदा सुनाएका थिए, सीधा कुरा जनतासँगको टिमले ब्ल्याकमेल गर्दैछ भनी’, बयान कागजमा उनले भनेको उल्लेख छ ।

घटनास्थलको प्रकृति, मुचुल्का एवम् प्रारम्भिक अनुसन्धान प्रतिवेदन, मृतककी श्रीमती, घटनास्थल तथा भेला भएका मृतकका आफन्त, उपस्थित अन्य व्यक्ति, होटल सञ्चालक, मृतकका दाइ बासुको जाहेरी दरखास्त, मृतकको मोबाइलको परीक्षण प्रतिवेदन एवम् इन्टेलिजेन्स रिपोर्टको आधारमा प्रतिवादीहरुकै कारणबाट मृतकले आत्महत्या गरेको तत्कालीन प्रनाउको समेत ठम्याइ थियो । ‘मिसिलमा संलग्न कागजातहरुमा उल्लेखित अन्य आधार एवम् सबुद प्रमाणबाट प्रतिवादीहरुले आत्महत्या गर्न दुरुत्साहन गरेको देखिन्छ भन्दै निजहरुलाई कानुनी कारबाही गरी पाउँ भनेर जिल्ला प्रहरी कार्यालय चितवनका तत्कालीन प्रहरी नायव उपरीक्षक दिपेन्द्र शाहले प्रतिवेदन बुझाएका थिए । यसरी जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान समाप्त गरी प्राप्त मिसिल  अध्ययन गर्दा प्रतिवादीहरुकै कारणले यो आत्महत्या गरेको पुष्टि हुन्छ । जाहेरी व्यहोरा, अटोप्सी रिपोर्ट र भिडियोले थप पुष्टि भएको छ । तैपनि अदालतको न्यायसमेत तत्काल भीडको अगाडि प्रभावित हुन पुग्यो ।

तत्काल प्राप्त प्रमाण कागजका आधारमा प्रतिवादीहरुलाई अभियोग दाबी बमोजिमको कसुर अपराधमा संलग्न छैनन् भनी अहिले नै भन्न सकिने अवस्था तत्काल नदेखिएपनि सोही कारण र आधारबाट मात्र मुद्दा पुर्पक्षका लागि थुनामै राख्न नमिल्ने जनाउँदै पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी भनेर रवि लामिछानेलाई पाँच लाख र युवराजलाई तीन लाख धरौटीमा छोडिएको हो । रुकुलाई भने धरौटी नलिई तारेखमामात्रै छोडियो । 

जिल्लाको थुनछेक आदेश विरुद्ध प्रतिवादी रवि र युवराजले उच्च अदालतमा निवेदन दिएकोमा लिखित अनुमति लिएर विदेश जान छुट पनि दिइएको छ । थुनछेक सम्बन्धी आदेशविरुद्धको निवदेन मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम सर्वाेच्च पुग्न सक्ने अवस्था नभएको जिल्ला अदालतको भनाइ छ । यस सम्बन्धमा जिल्ला अदालत चितवन भन्यो, ‘सुरु अदालतको फैसला उपरको पुनरावेदनको विषयले पनि हालसम्म सम्मानित सर्वाेच्च अदालतमा प्रवेश पाई सर्वाेच्च अदालतबाट सो सम्बन्धी न्यायिक व्याख्या आजका मितिसम्म भइसकेको अवस्था छैन ।’

टिप्पणीहरू