सिङ्गल मन्त्रीको शपथ,प्रधानमन्त्री भारत जाने तयारी तीब्र

सिङ्गल मन्त्रीको शपथ,प्रधानमन्त्री भारत जाने तयारी तीब्र

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार आज एक मन्त्री थपेर पुनः बिस्तार हुँदैछ । नेपाली काँग्रेसबाट नारायणप्रसाद (एनपी) साउदले परराष्ट्रमन्त्रीमा नियुक्तिलगत्तै ३ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ । 

काँग्रेसका अन्य मन्त्रीहरुबारे अझै अनिश्चितता छ । शेखर कोइराला समूहले अन्य मन्त्रीको नाम नदिएकाले बाँकी तीन जनाबारे यसै भन्न नसकिने स्रोतको दाबी छ ।

यसअघि उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काङ्ग्रेसबाट चार जना मन्त्री बनिसकेका छन् । गत पुस १० गते प्रधानमन्त्री बनेपछि प्रचण्डले आज आठौँ पटक मन्त्रिपरिषद विस्तार गर्न लाग्नुभएको हो ।

प्रधानमन्त्री बैशाख अन्तिम साता भारत भ्रमणमा जाने तयारी भएकाले कम्तीमा परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको बताइएको छ ।

टिप्पणीहरू