पूर्वगृहमन्त्री तथा काँग्रेस नेता भारतीय दूतावासमा

पूर्वगृहमन्त्री तथा काँग्रेस नेता भारतीय दूतावासमा

नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण लैनचौरस्थित भारतीय दूतावास पुगेका छन् । खाँण नेपालका लागि भारतीय राजदूतसँग बातचित गर्न त्यहाँ गएको बताइएको छ ।

नेता खाँण मध्यान्हको समयमा त्यहाँ पुगेर पौने घण्टा भारतीय राजदूतसँग भलाकुसारी गरेका थिए । स्रोत भन्छ, ‘पूर्वगृहमन्त्री साढे १२ बजेतिर लैनचौर पुगेर साढे १ बजेतिर निस्कनुभएको हो ।’

दूतावासमा भएको कुराकानीको विषयबारे दुबै पक्षले औपचारिक जानकारी दिएका छैनन् ।

टिप्पणीहरू