सिंहदरबार छिर्नुअघि मीटरब्याज पीडितलाई बालुवाटारबाट बोलावट

सिंहदरबार छिर्नुअघि मीटरब्याज पीडितलाई बालुवाटारबाट बोलावट

महोत्तरीबाट पैदल यात्रामा काठमाडौं आइपुगेका मीटरब्याज पीडितहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गर्नुभएको छ । पीडितहरु प्रधानमन्त्रीसँग छलफल गर्न बिहान पौने ९ बजे त्यहाँ पुगेको बताइन्छ । 

मीटरब्याज विरूद्धको संघर्ष समिति, नेपालका अध्यक्ष मनोज पासवानको नेतृत्वमा झण्डै चार दर्जन आन्दोलनकारी बालुवाटार गएका हुन् । टोलीमा रामरिजन यादव, संघर्ष दाहाल, श्यामकुमारी चौधरी, छेदिलाल पासवान, गरिमा राईलगायत थिए । पासवान नेतृत्वको पाँच सदस्यीय वार्ता टोली अहिले ११ बजे सिंहदरबार जाँदैछ । हिजोको वार्ता निश्कर्षविहीन बनेपछि आज पुनः गृह मन्त्रालयमा दुबै पक्ष बस्ने सहमति भएको हो ।

उनीहरुबीचको वार्ता अस्तिदेखि शुरु भएको हो । वार्तामा सरकारको तर्फबाट मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा नेतृत्वको टोलीले प्रतिनिधित्व गरेको छ । पीडितहरुको तर्फबाट मनोजकुमार पासवानले टोलीको नेतृत्व गर्दै आएका छन् ।

टिप्पणीहरू