रवि लामिछानेको पार्टीको निर्णय : चितवनमा सभापति, अन्यत्र वाग्ले र खरेल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा उठ्ने उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पार्टी सभापति रवि लामिछाने, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा डा.स्वर्णिम वाग्ले, बारा निर्वाचन क्षेत्र नम्बर २ मा रमेश खरेललाई उठाइने उल्लेख छ ।
तनहुँमा डा. वाग्ले बाहेक ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेले पनि रास्वपाबाट उम्मेदवार बन्न इच्छुक थिए । बारामा खरेल र युवराज न्यौपानेबीच प्रतिस्पर्धा थियो ।
टिप्पणीहरू