समाजवादीले पाउने भनेको श्रममा शरदसिंह

समाजवादीले पाउने भनेको श्रममा शरदसिंह

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरदसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने भएका छन् । 

आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठकले लोसपालाई श्रम मन्त्रालय दिने निर्णय गरेसँगै उनी श्रम मन्त्री बन्ने भएका हुन् । यसको पुष्टि स्वयं भण्डारीले गरेका छन् । ‘म श्रममन्त्री बन्ने पक्का भएको हो,’ उनले भने ।

यसअघि उक्त मन्त्रालय एकीकृत समाजवादीले पाउने चर्चा थियो । तीनवटा मन्त्रालय दाबी गरेको समाजवादीले आफ्नो भागमा दुइटा मात्रै परेपछि भौतिक पूर्वाधार र शिक्षा रोजेको हो ।  

समाजवादीबाट सरकारमा नेतृत्व गर्ने  उपाध्यक्ष डा. बेदुराम भुसालले शिक्षा मन्त्रालय पाउने बताइएको छ । ज्वालालाई भने हाल माओवादीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्हालिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मा दिने भनिएको छ ।

टिप्पणीहरू