शहरको ऐतिहासिक भवन डिजाइन इन्स्च्यिुटमा परिणत

फाेटाे र भिडियो : सिन्ह्वा

पूर्वी चीनको सांघाईमा रहेको हेनरी लेस्टर प्राविधिक शिक्षा संस्थानलाई डिजाइन इनोभेसन इन्स्च्यिुटमा परिणत गरिएको छ । सन् १९३४ मा ब्रिटिश टाइकुन हेनरी लेस्टरको इच्छाअनुसार निर्माण गरिएको भवनलाई डिजाइन इनोभेसन इन्स्च्यिुट बनाइएको बताइएको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार लेस्टरले उक्त भवन बनाउन आफ्नो सबै सम्पत्ति, अस्पताल, मेडिकल इन्स्च्यिुट, प्राविधिक विद्यालय र अन्य परोपकारी परियोजनाहरु दान गरेका थिए । गोथिक पुनःरुत्थान र आर्ट डेको वास्तुकलाको मिश्रणमा बनाइएको उक्त भवन अहिले पनि निकै आकर्षक देखिन्छ ।

 

टाढाबाट हेर्दा ठ्याक्कै जहाजजस्तो देखिने भवनलाई सांघाई नगरपालिकाले उच्च संरक्षण गर्दै आएको छ । सन् १९९४ देखि सांघाई नगरपालिकाले यसलाई सम्पदामा सूचीकृत गरेको छ । 

हाल उक्त भवनको पुनः निर्माण गरिए पनि मूल वास्तुकलालाई यथास्थितिमै राखिएको देख्न सकिन्छ ।

टिप्पणीहरू