सडकमा फोहोर फ्याँक्दा पाँच हजार जरिवाना

सडकमा फोहोर फ्याँक्दा पाँच हजार जरिवाना

वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई जरिवाना तिराएको छ । सडकमा ल्याएर फोहोर फाल्ने विभिन्न संस्था तथा व्यक्तिलाई महानगरपालिकाले जरिवाना गरेको हो । 

सिद्दार्थ प्रिमियम इन्स्योरेन्स लिमिटेड र श्री आयल डिष्ट्रिब्यूटरलाई पाँच हजार रुपैयाँका दरले जरिवाना गरिएको महानगरले जनाएको छ । त्यस्तै, सुरजकुमार शाह, शुभम अटो ट्रेडर्स, महालक्ष्मी प्लाई एण्ड हार्डवेयरले एक हजार रुपैयाँका दरले जरिवाना तिरेका छन् ।

आफ्नो घर र संघसंस्थाबाट निस्किएको फोहोर सडकमा ल्याएर फ्याँक्नेक्रम बढेपछि कारबाहीस्वरुप जरिवाना तिराइएको महानगरपालिकाको भनाइ छ । पछिल्लो समय महानगरपालिकाले शहरलाई सुन्दर बनाउन विभिन्न अभियान अघि बढाएको छ । 

महानगरपालिकाले जथाभावी फोहोर गर्नेलाई सम्झाउने, बुझाउने र नटेरेको खण्डमा जरिवाना तिराउने गर्दै आएको छ ।

टिप्पणीहरू