चीनका जंगलमा जताततै चितुवा

भिडियो : सिन्ह्वा

चीनमा पछिल्लो समय जंगली जनावरको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । धेरै वटा आरक्षण र निकुञ्जको स्थापनासँगै संरक्षित जनावर र चराचुरुङ्गीको संख्या बढेको बताइएको छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार उत्तर पश्चिम चीनको कान्सु प्रान्तस्थित प्राकृतिक आरक्षमा चितुवाको संख्या बढेको हो । लङडोङ विश्वविद्यालयको अनुसन्धान टोलीले आरक्षमा ४५ वटा चितुवा फेला पारेको बताइएको छ ।

गत वर्ष सोही क्षेत्रमा अनुसन्धानको क्रममा ३९ वटा चितुवा भेटिएको थियो । एक वर्षको अवधिमा छ वटा चितुवा थपिएको बताइन्छ ।

स्थानीय परिस्थिति र प्रणालीमा आएको सुधारका कारण अन्य जनावरझैँ चितुवाको संख्यामा पनि उल्लेख्य वृद्धि भएको विज्ञहरुको भनाइ छ ।

यो पनि...

1. इजरायलको ‘मन्की स्कुल’ बन्यो आठ सयबढी जनावरको आश्रयस्थल

2. इजरायलमा विश्वकै छोटो दूरीको सबवे (मेट्रो)


 

टिप्पणीहरू