प्राथमिक तहका ६० शिक्षकको बढुवा

प्राथमिक तहका ६० शिक्षकको बढुवा

शिक्षक सेवा आयोगले प्राथमिक तहका ६० शिक्षकको बढुवा गरेको छ । 

बढुवा सिफारिस समितिले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका प्राथमिक तहका शिक्षकको द्धितीय श्रेणीमा बढुवा गरेको हो । जसमा डोटी, कैलाली, बैतडी, बाजुरा, दार्चुला, बझाङ, डडेलधुरा, कञ्चनपुर र अछाम जिल्लाका प्राथमिक तहका शिक्षकको कार्यसम्पादन मूल्याङ्कनका आधारमा स्तरवृद्धि गरिएको जनाइएको छ ।

आयोगले कसैलाई उक्त नतिजाप्रति चित्त नबुझेमा सूचना प्रकाशित भएको ३५ दिनभित्र उजुरी दिन सकिने समेत जानकारी दिएको छ ।
 

टिप्पणीहरू