स्ववियु चुनावको कस्तो आउला परिणाम ?

त्रिभुवन विश्वविद्यालयअन्तर्गत देशभरका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नयाँ नेतृत्व चयनका लागि अहिले मतदान जारी छ । 

त्रिविका ६२ आंगिक क्याम्पसमध्ये ४८ र ठूलो संख्यामा सम्बन्धन प्राप्त क्याम्पसमा मतदान भैरहेको छ । उपत्यकाका ३१ अंगिक क्याम्पसमध्ये ११ वटामा निर्वाचन रोकिएको छ भने त्रिवि केन्द्रीय क्याम्पससहित ठूला कलेजहरुमा शान्तिपूर्ण ढंगले मतदान भैरहेको  स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले जानकारी दिएको छ । 

उपत्यका बाहिर पनि अधिकांश कलेजमा चुनाव भैरहेको छ । लुम्बिनी प्रदेशका ७६ मध्ये ३९ क्याम्पसमा शान्तिपूर्णरुपले मतदान भैरहेको त्यहाँस्थित विद्यार्थी संगठनका नेताहरुले जानकारी दिएका छन् । दिउँसो बजेसम्म प्राप्त विवरणअनुसार ५० प्रतिशत भन्दा बढी मतदान भएको छ। 

लुम्बिनी प्रदेशका अन्य क्याम्पसमा भने विद्यार्थी संगठनको विवादका कारण निर्वाचन हुन् नसकेको हो । ति कलेजहरुमा तालाबन्दी गरिएको छ ।
 

टिप्पणीहरू