यसकारण चिनियाँ नयाँ पुस्ता नियमित संग्रहालय जान्छन्

चीनमा नयाँ पुस्ताबीच प्रविधिको प्रयोगसँगै नियमित रुपमा संग्रहालय जाने बानीको विकास भएको छ । मुलुकका अधिकांश संग्रहालय अवलोकन गर्नेमा नयाँ पुस्ताको संख्या उल्लेखनीय पाइएको छ ।

त्यसो त चीनमा संग्रहालय नै परम्परागत शैलीबाट डिजिटलमा परिणत भएको छ । त्यसले पनि उनीहरुलाई संग्रहालय जान र विभिन्न विषयको जानकारी हासिल गर्न सहयोग पुगेको बताइन्छ । 

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार कला, संस्कृति र इतिहासको जीवन्त तथ्य प्राप्त हुने भएकाले पनि उनीहरु संग्रहालय निरीक्षणप्रति आकर्षित भएका हुन् ।

भिडियो : सिन्ह्वा ।

टिप्पणीहरू