होलीको दिन भएकाे झडपमा घाइते सिपाही ११ दिनपछि बिते

होलीको दिन भएकाे झडपमा घाइते सिपाही ११ दिनपछि बिते

नेपाली सेनाका एक जना सिपाहीकाे घाइते भएको डेढ सातापछि निधन भएकाे छ । फागुन २३ गते होली खेल्ने क्रममा बाँकेको कोहलपुरमा भएको झडपमा गम्भीर घाइते अमरबहादुर खड्काको आज दिउँसो निधन भएको बताइएको छ ।

उनी फागुन २३ गते बाँकेको कोहलपुरस्थित गोलपार्क इलाकामा नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्सीद्वारा आयोजना गरिएको होली विशेष कार्यक्रमको मेला हेर्न गएका थिए । सोही क्रममा स्थानीय युवासंँग भनाभन पछिको झडपमा देवीदल गणका सिपाही खड्का गम्भिर घाईते भएका थिए । त्यसपछि उपचारार्थ कोहलपुर मेडिकल कलेज लगिएको बताइन्छ । 

थप उपचारको निम्ति उनलाई भारतको लखनउ लगिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि पुनः आज नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्जमा ल्याएर आईसीयूमा भर्ना गरिएको बताइएको छ । भेन्टिलेटरमा राखेर उपचार भईरहेकोमा आज दिउँसो ३ बजेको समयमा उनको ज्यान गएको अस्पतालले घोषणा गरेको हो ।

टिप्पणीहरू