भक्तपुरमा मध्यराति लाखौंको सुन चोरी

भक्तपुरमा मध्यराति लाखौंको सुन चोरी

भक्तपुरको मध्यपुर थिमीमा गएराति लाखौंको धनमालको चोरी भएको छ । 

मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित डेरामा बस्ने रौतहट घर भएका सुदिल दुलालको कोठाबाट ९ लाखभन्दा बढी मूल्य बराबरको धनमालको चोरी भएको हो । दुलालको कोठाबाट करिब ९ लाख ४६ हजार रुपैयाँ बराबरको सुनचाँदीको गहना चोरले लगेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी भैरहेको छ ।

टिप्पणीहरू