डोटीमा असिना,अन्यत्र पसिना
हिउँदयाममा पानी नपरेकाले चैतको प्रारम्भमै मुलुकभर गर्मी बढेको छ । तराई र भित्री मधेशमा यो वर्ष गर्मी धेरै हुने सम्भावना बढेको छ । चैतको पहिलो सातासम्म पनि पानी नपरेपछि धेरै ठाउँमा खडेरी देखिएको छ ।
खडेरी बढ्दै गएकाले मुलुकका धेरै जंगलमा डढेलो सल्केको छ । राजधानी काठमाडौंको आकाश धुम्मिए पनि पानी पर्न सकेको छैन । तर, हिजो साँझ डोटीमा मुसलधारे असिनापानी परेको छ । बाक्लो असिनाले हिउँदे बाली र तरकारीमा नोक्सानी पुगेको बताइएको छ । बडीकेदार गाउँपालिका–२ खड्यौलीमा सबैभन्दा धेरै असिना परेको हो ।
टिप्पणीहरू