क्रान्तिकारीको चुनावी घोषणा : विद्यार्थीलाई बेरोजगारी भत्तादेखि प्रमाणपत्र धितो राखेर ऋण दिलाउनेसम्म

क्रान्तिकारीको चुनावी घोषणा : विद्यार्थीलाई बेरोजगारी भत्तादेखि प्रमाणपत्र धितो राखेर ऋण दिलाउनेसम्म

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले स्ववियु निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गरेको छ । अध्यक्ष पञ्जा सिंहले आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको घोषणापत्र आज सार्वजनिक गरेकी हुन् ।

विश्वविद्यालयहरुले प्रत्येक ६ महिनामा रिक्त रहेका पदहरु खुल्ला प्रतिस्पर्धाको माध्यमबाट परिपूर्ति गर्ने घोषणापत्रमा उल्लेख छ । त्यस्तै, सबै संकाय र कार्यक्रमहरुमा इन्टर्नसिप प्रोग्राम अनिवार्य गर्ने, सार्वजनिक यातायातमा दिदैँ आएको ४५ प्रतिशत छुटलाई ५० प्रतिशत पुर्याउने, स्नातकोत्तर गरेका विद्यार्थीहरु बेरोजगार भएमा राज्यले अनिवार्य बेरोजगारी भत्ता दिने व्यवस्था गर्ने पनि क्रान्तिकारीको प्रतिवद्धता छ ।

क्रान्तिकारीले राजनीतिक भागबण्डाको आधारमा नियुक्ति बन्द गर्ने, विद्यार्थीहरुको बहुआयमिक विकासको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, सबै क्याम्पसहरुमा पर्याप्त शैक्षिक सामाग्रीहरुको व्यवस्था गर्ने र प्रमाणपत्र धितो राखी कम ब्याजदरमा ऋण प्राप्त गर्ने नीति कार्यान्वयन गर्ने विषयलाई घोषणापत्रमा प्राथमिकताका साथ राखेको छ ।

टिप्पणीहरू