प्रधानमन्त्री कार्यालयको ट्वीटर अकाउन्टमा हमला

प्रधानमन्त्री कार्यालयको ट्वीटर अकाउन्टमा हमला

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ट्वीटर अकाउण्ट  सुचारु भएको छ । हिजो बेलुकादेखि ह्याकरको कब्जामा रहेको ट्वीटर अकाउण्ट पुनः सुचारु भएको हो । 

कार्यालयले आज सूचना जारी गर्दै ट्विटरमा देखिएको समस्या समाधान भएको जानकारी गराएको छ । 

ट्विटर ह्याण्डलमा ‘टु फ्याक्टर अथेन्टिकेशन’ लगायतका सबै सुरक्षा उपाय अवलम्बन गर्दागर्दै पनि घुसपैठ हुन पुगेको उल्लेख गर्दै कार्यालयले अनाधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको बताएको छ । 

साथै, यसबारे छिट्टै नै सत्यतथ्य सार्वजनिक गरिने कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्यालयको ट्वीटर हिजो बेलुका एकाएक ह्याक भएको थियो । 

कार्यालयको आधिकारिक ट्वीटर ह्याकरको नियन्त्रणमा गएको  आशंका गरिएको थियो । उक्त ट्वीटरबाट असान्दर्भिक ट्विट र रिट्वीटसमेत गरिएको थियो ।
 

टिप्पणीहरू