उपराष्ट्रपति आजै आफ्नो घरमा सर्नुभयो

उपराष्ट्रपति आजै आफ्नो घरमा सर्नुभयो

उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले आजैदेखि सरकारी निवास छाड्नुभएको छ । नयाँ उपराष्ट्रपति निर्वाचित नहुँदै उहाँ सरकारी निवासबाट बाहिरिनुभएको बताइएको छ ।

दुई कार्यकाल गरेर सात वर्ष उपराष्ट्रपति हुनुभएका पुन लैनचौरस्थित सरकारी निवासमा बस्दै आउनुभएको थियो । उपराष्ट्रपतिको सचिवालयका अनुसार उहाँ काठमाडौंको चन्द्रागिरी नगरपालिका–१, दहचोकस्थित नीजि निवासमा सर्नुभएको हो ।

नयाँ उपराष्ट्रपतिका लागि भोलि निर्वाचन हुँदैछ ।

टिप्पणीहरू