कोठी थपेर राष्ट्रपति पौडेलको फोटो फेरियो

कोठी थपेर राष्ट्रपति पौडेलको फोटो फेरियो

राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक तस्बिर परिवर्तन गरिएको छ । उहाँको गालामा रहेका दुई वटा ठूला कोठी र अन्य साना कोठीलाई प्रविधिको प्रयोग गरेर फोटोबाट हटाई चिरिच्याट्ट गरेपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो । 

यसबारे जनआस्थाले आज बिहान समाचार प्रकाशित गरेको थियो । तर दिउँसो शीतल निवासले उहाँको दुवै गालामा कोठी भएको तस्बिर सार्वजनिक गरेको छ । फेरिएको नयाँ औपचारिक फोटोमा राष्ट्रिय झण्डा र मुलुकको निशानछाप समेत राखिएको छ ।

टिप्पणीहरू