उपराष्ट्रपतिसहित तीन पूर्व प्रधानमन्त्रीको जापानी दिवाभोज

उपराष्ट्रपतिसहित तीन पूर्व प्रधानमन्त्रीको जापानी दिवाभोज

उपराष्ट्रपति नन्दबहादुर पुन नेपालका लागि जापानी राजदूतको निवास पुग्नुभएको छ । उहाँ ठीक १ बजे राजदूतको निवास ताहाचल पुग्नुभएको हो ।

जापानका सम्राट नारुहितोको जन्मोत्सवको अवसरमा आयोजित कार्यक्रममा भाग लिन उहाँ राजदूतको निवास जानुभएको बताइएको छ । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल,सोही दलका सम्मानित नेता झलनाथ खनाललगायत पनि उपस्थित हुनुभएको बताइएको छ ।

झण्डै दुई सय जना आमन्त्रित कार्यक्रमस्थलमा आईजीपी धिरजप्रताप सिंह,अन्य सुरक्षा निकायका प्रतिनिधिहरु, काठमाडौंस्थित विभिन्न मुलुकका राजदूत तथा प्रतिनिधिहरुको उपस्थिति रहेको छ ।

टिप्पणीहरू