राष्ट्रिय सभा अध्यक्षसँग डब्लुएचओ क्षेत्रीय निर्देशकले गरिन् कुराकानी

राष्ट्रिय सभा अध्यक्षसँग डब्लुएचओ क्षेत्रीय निर्देशकले गरिन् कुराकानी

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग विश्व स्वास्थ्य संगठनकी क्षेत्रीय निर्देशक पुनम खेत्रपाल सिंहले आज भेटवार्ता गरेकी छन् । नेपाल भ्रमणमा रहेकी पुनमले अध्यक्ष तिमिल्सिनासँग बिहान ११ बजेको समयमा झण्डै एक घण्टा कुराकानी गरेको बताइएको छ ।

अध्यक्ष तिमिल्सिना र सिंहबीच सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भेटवार्ता भएको हो । भेटमा विशेषगरी जनस्वास्थ्य र महामारी निदानलगायत विषयमा कुराकानी भएको संसद सचिवालय स्रोतले जानकारी दिएको छ ।

टिप्पणीहरू