आजदेखि उपराष्ट्रपतिलाई भोट माग्न नपाइने

आजदेखि उपराष्ट्रपतिलाई भोट माग्न नपाइने

निर्वाचन आयोगले आजदेखि उपराष्ट्रपति निर्वाचनमा प्रचारप्रसार गर्न निषेध गरेको छ । आज राति १२ बजेदेखि मतदानको दिन चैत ३ गते मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचारप्रसार निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए ।

यो अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । यसैगरी, उम्मेदवारको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्धारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्नसमेत नपाइने जनाइएको छ । 

आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीत/हारको पूर्वानुमानका सामग्रीहरु प्रसार नगर्न पनि आयोगले सम्बन्धित पक्षलाई सचेत गराएको छ।
 

टिप्पणीहरू