पाटन संयुक्त क्याम्पसमा तोडफोड,राजीनामा र निर्वाचन अनिश्चित

पाटन संयुक्त क्याम्पसमा तोडफोड,राजीनामा र  निर्वाचन अनिश्चित

ललितपुरको पाटन ढोकामा रहेको पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित बनेको छ । निर्वाचन समितिका सम्पूर्ण पदाधिकारीहरुले राजीनामा दिएपछि निर्वाचन अनिश्चित बनेको हो । 

नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को आन्तरिक विवादका कारण क्याम्पसको माहौल तनावपूर्ण बनेको एक विद्यार्थी नेताले बताए । नेविसंघको संस्थापन र इतर पक्षबीच विवाद चुलिँदा समितिमा तोडफोडसमेत भएको उनको भनाइ छ । 

‘नेविसंघको आफ्नै विवादले गर्दा हिजो त्यो घटना घटेको हो । उनीहरुबीच सहमति हुन नसक्दा निर्वाचन समितिमा तोडफोड पनि भएको छ’, ती विद्यार्थी नेताले भने,‘उनीहरुले उधुम मच्चाएपछि क्याम्पस प्रशासनले प्रहरी बोलायो । समितिका सबै पदाधिकारीले राजीनामा समेत दिइसक्नुभएको छ । हाल क्याम्पसमा यस विषयमा छलफल भइरहेको छ ।’
 

टिप्पणीहरू