सभामुख बहराइन,उपसभामुख अमेरिका

सभामुख बहराइन,उपसभामुख अमेरिका

उपसभामुख इन्दिरा राना अमेरिका प्रस्थान गर्नुभएको छ । आज बिहान कतार एयरको विमानबाट दोहा हुँदै उहाँ अमेरिका उड्नुभएको हो । 

उपसभामुख राना एनजिओ फोरममा सहभागी हुन एक साताका लागि अमेरिका गएको संसद सचिवालयले जनाएको छ । उहाँ १७ मार्च अर्थात् आगामी शुक्रबार नेपाल फर्किने कार्यक्रम छ । 

यसअघि संसद सचिवालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयलाई पत्र लेखेर उपसभामुख रानालाई विमानस्थलको भिआइपी कक्ष उपलब्ध गराउन आग्रह गरेको थियो । साथै, उपसभामुखको बिदाइ तथा स्वागतका लागि जाने उहाँका स्वकीय सचिव,सहयोगी र सुरक्षाकर्मीहरुलाई लगेज चेकिङ, अध्यागमन र लगेज क्लियरेन्सका लागि त्यहाँसम्म जानका लागि पास उपलब्ध गराइदिन पनि सचिवालयले अनुरोध गरेको छ । आजै सभामुख देवराज घिमिरेको बहराइन जाने कार्यक्रम छ ।

टिप्पणीहरू