पत्रकार कुट्नेमाथि कारबाही गर्न माग

पत्रकार कुट्नेमाथि कारबाही गर्न माग

नेपाल पत्रकार महासंघले महोत्तरी शाखाका सदस्य तथा एपी वान टेलिभिजन संवाददाता नवीन चौधरीमाथि कुटपिट गर्नेमाथि कडा कारबाहीको माग गरेको छ । 

आज विज्ञप्ति जारी गर्दै महासंघले पत्रकार चौधरीलाई अज्ञात समूहले सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषी पत्ता लगाएर कारबाही गर्न माग गरेको हो । 

महासचिव रोसन पुरीले यस घटनाले पत्रकारलाई असुरक्षित र त्रसिद बनाएको भन्दै घटनामा संलग्नको तत्काल पहिचान गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् । उनले भनेका छन्, ‘कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुन अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको आक्रमण हो । महासंघ पत्रकारलाई असुरक्षित र त्रसिद बनाउने यो घटनामा संलग्नको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षित र निर्भयका साथ काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’

महोत्तरीको जलेश्वर नगरपालिका–५ स्थित चौरिया गाउँमा मदिरा सेवन गरेका अज्ञात समूहले हिजो चौधरीलाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेका थिए ।

टिप्पणीहरू