भारतमा मिसावटयुक्त डिजेल, नेपाल ल्याइएका ८० हजार लिटरको छानबिन

भारतमा मिसावटयुक्त डिजेल, नेपाल ल्याइएका ८० हजार लिटरको छानबिन

भारतबाट झापा ल्याइएको चार ट्याङ्कर डिजेलमा मिसावट भेटिएको छ । पश्चिम बंगालको सिलिगुढीमा रहेको इन्डियन आयल कर्पोरेसनबाट झापा ल्याइएको डिजेलमा मिसावट फेला परेको बताइएको छ । 

डिजेलमा मट्टितेल मिसाइएको आशंका छ । भारतमा मट्टितेल सस्तो भएकाले डिजेलमा मिसाइएको हुनसक्ने छानबिन टोलीका सदस्यहरुले बताएका छन् । आयल निगमले गठन गरेको उच्चस्तरीय टोलीले छानबिन थालिसकेको छ । 

फागुन १० गते सिलिगुढीबाट चार वटा ट्याङ्करमा ल्याइएको ८० हजार लिटर डिजेलमा मिसावट फेला परेको निगमको चारआली शाखाका कर्मचारीहरुको भनाइ छ । छानबिन टोलीले निगमका कर्मचारी र पेट्रोलियम व्यवसायीहरुसँग सोधपुछ थालेको हो ।

मिसावटयुक्त डिजेल फेला परेको प्र १–०१–००–१ ख ३५००, मे.१ ख २१५१, ना.७ ख १५०७ र ना.७ ख ६९७४ नम्बरका ट्याङ्कर निगमको शाखा कार्यालयमा राखिएको छ ।

टिप्पणीहरू