विश्वकै ठूलो जल स्थानान्तरण परियोजना चीनमा, दक्षिणको पानी उत्तरमा

समाचार र भिडियो स्रोत : सिन्ह्वा

चीनको सबैभन्दा ठूलो जल स्थानान्तरण आयोजनाको पहिलो चरण सम्पन्न भएको छ । हुपेई प्रान्तको तान्जियाङकोउ शहर नजिकै सुरुङबाट दोस्रो चरणमा भूमिगत जल स्थानान्तरण गर्ने कार्यको शुभारम्भ भएको छ । 

सुरुङ तीन घाँटी जलविद्युत परियोजना क्षेत्रबाट याङ्जी नदीको सहायक नदी हान्जियाङमा पानी पुर्याउने आयोजनाको मुख्य भाग हो । 

अघिल्लो वर्षको जुलाईदेखि आयोजनाको काम अघि बढाइएको बताइएको छ । दक्षिणको पानी उत्तरी भेगमा पुर्याइने परियोजनामा सुरुङको लम्बाइ १९४ दशमलव तीन किलोमिटर लामो छ । 

यसपछि तुलनात्मक रुपमा सुख्खा क्षेत्र मानिएको चीनको उत्तरमा बाह्रैमास पानी आपूर्तिको सुनिश्चितता हुने विज्ञहरुले बताएका छन् । साथै, यसले जल भण्डारण क्षमताकोसमेत विकास गर्ने जनाइएको छ । 

सुरुङमार्गबाट नदीको पानी लैजाने कार्य आयोजनाको मध्यभागमा पर्छ । निर्माण कार्यमा संलग्न प्राविधिकहरुका अनुसार लामो सुरुङ खन्ने कार्य दुबैतर्फबाट भइरहेको छ । यसलाई २६ भागमा बाँडेर काम थालिएको उनीहरुले बताए ।

चिनियाँ अधिकारीहरुका अनुसार यस प्रकारका निर्माणकार्यमध्ये चीनको निर्माणाधीन परियोजना सम्भवतः विश्वकै सबैभन्दा विशाल हो ।

 

टिप्पणीहरू